
काठमाडौं : फागु अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ खेली आपसी सद्भाव साटेर मनाइँदै छ। बिहीबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रुपमा मनाउने प्रचलन रही आएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने होली देशको अन्यत्र भाग भन्दा फरक हुन्छ। फागु पूर्णिमाका रूपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत् परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन। त्यसको भोलिपल्ट पर्छ।
प्रतिक्रिया दिनुहोस्