हेटौंडा । मकवानपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-७ स्थित पुर्वपश्चिम राजमार्गमा चितवन तर्फबाट मनहरी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ क ०८२७ नम्बरको मिक्सर ट्रकले सोही दिशाबाट आउँदै गरेको ग ११ प ९६२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा बारा जिल्ला कोहल्वी नगरपालिका वडा नम्बर ५ कि मोटरसाइकलमा सबार ३४ वर्षीय सरितादेवी चौधरीको ज्यान गएको हो ।

घटनामा मोटरसाइकल चालक सरिताका श्रीमान शिवकुमार चौधरी घाईते भएका छन् । दुर्घटनामा चौधरीका साढुभाई ६ वर्षीय अन्श चौधरी पनि घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।