
हेटौंडा । वंशगोपाल बहुमुखी क्याम्पस का स्ववियु सभापति तथा समाजवादी निकट अनेरास्ववियु का नेता दिवस सिलवाल आज नेकपा एमाले निकट अनेरास्ववियु मा प्रवेश गरेका छन् ।
उनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना , पार्टी अध्यक्ष श्रीधर पोख्रेल, उपाध्यक्ष हिदम लामा, अनेरास्ववियु केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सदस्य विद्यार्थी इन्चार्ज आकाश अधिकारी, अनेरास्ववियु जिल्ला अध्यक्ष अमृत बर्तौला लगायतले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्