
काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को मंगलबार पहिलो लेगको खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडमाथि झिनो अन्तरको अग्रता लिएको छ । सान्टियागो बर्नामाउमा भएको खेलमा रियल २–१ ले विजयी रह्यो ।
रियलका लागि रोड्रिगो र ब्राहिम डियाजले गोल गरे । एटलेटिकोका तर्फबाट जुलियन अल्भारेजले एक गोल फर्काए । अन्य दुई खेलमा इंग्लिस प्रिमियर लिग क्लबले महत्त्वपूर्ण जित निकालेका छन् । त्यसमध्ये एस्टन भिल्लाले क्लब ब्रुगलाई ३–१ ले हरायो ।
आर्सनलले भने पीएसभी आयनहोभनलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्यो । त्यसमा मार्टिन ओडगार्डले दुई गोल गरे र यस जितसँगै आर्सनलले लगभग अर्को चरण पुगेको छ । यस्तै बोरुसिया डर्टमुन्ड र लिलले १–१ को बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस्