हेटौँडा । मकवानपुर प्रहरीले सेतो हिरोइन(ह्वाईट सुगर) सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले सबारी जाँचको क्रममा पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ बाट दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरी गस्तीको क्रममा मनहरी–७ को भित्रि सडकखण्डमा भारतीय नंबर जेएच ०३ भि ०५३९ नंबरको स्करपियोलाई जाँच गर्ने क्रममा भारत झारखण्ड ग्राम पथेल थाना राजपुरका सबारी चालक संजय मांझी र गया बिहारका रामदुलार कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए । उनिहरुको साथबाट २० ग्राम ६३० मिलिग्राम सेतो हिरोइन बरामद गरिएको प्रहरीको भनाई छ । उनिहरुलाई ८ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।