
हेटौँडा । माझी समुदायले प्रत्येक वर्ष फागुनको तेश्रो मंगलबार मनाउने लदी पर्व यो वर्ष पनि धुमधामको साथमा मनाएका छन् । पुर्वि मकवानपुरको बकैया गाउँपालिकाको जुइनामा विशेष कार्यक्रमको आयोजना गरि माझी समुदायले लदी पर्व मनाएका हुन् ।
नेपाल माझी उत्थान संघ बागमतीले यसवर्षको लदी पर्वमा मकवानपुरको बकैया गाउँपालिकामाको जुइनामा मनाएका हुन् । मकवानपुरमा ३ हजार ४ सयको संख्यामा रहेका माझी समुदाय खासगरी पुर्वी मकवानपुरको बकैया तथा बागमती गाउँपालिकामा रहेका छन् । कोशी पुजाको रुपमा रहने लदीमा माझी समुदायले विभिन्न जनावरको बलि दिइनुको साथै अण्डा टोटलाको फुल, जाल, एक लोटा जाँड, अक्षता, आठ रेखी, अबिर लगाएतको सामग्री प्रयोग गरि धुमधामको साथमा मनाएका हुन् ।
लदीको अघिल्लो दिन माझी समुदायले तोकेको पुरेहितको घरबाट समुह बनाएर नदि किनारामा पुगेर पुजाआरधना सकेपछि उनिहरुले विभिन्न सास्कृुतिक कार्यक्रम सहित भोज भतेरको आयोजनागरि पर्व मनाउने गर्दछन् । बलि दिईएको जनावरको मासुलाई माझी समुदायले प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्