
हेटौंडा । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रुको ज्यान गएको छ ।
हेटौंडा-६ सल्लाघारी क्षेत्रमा भएको घटनामा स्थानीय रामनगर निवासी ६१ बर्षका कमल बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
फागुन १४ गते साझ ६:३० मा सल्लाघारीको भित्री सडकखण्डमा (बिजय पथ) रामनगर तर्फबाट हात्तिलेट तर्फ आउँदै गरेको ना ५४ प १८७६ नंबरको मोटरसाइकलले पैदल यात्री बोहरालाई ठक्क्र दिएको थियो ।
ठक्करपछि गम्भीर घाईते भएका उनको उपचारको क्रममा चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाई छ ।
मोटरसाइकल चालक स्थानीय हात्तिलेट निवासी विदुर सापकोटा भने फरार रहेको र उनको खोजिकार्य जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्