काठमाडौं । चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र म्यानमार प्रतिस्पर्धा गर्नेछन् ।

लिगमा यी दुवै टोलीले २–२ बराबरी खेलेका थिए । यस खेलमा नेपाल दुईपटक पछि परेर पनि खेल बराबरीमा समाप्त गर्न सफल भएको थियो । लिग चरणमा नेपाल र म्यानमारले लेबनान र कीर्गिस्तानलाई हराएका थिए ।

नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले उपाधि जित्न हरसम्भव प्रयास गर्ने बताएकी छन् ।