
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्रमन्त्रीसँग विपिन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन् ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्रमन्त्रीले विपिन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताइन् ।
उनले भनिन्, ‘मैले इरानको परराष्ट्र मन्त्रीसँगपनि कुरा गरेँ । त्यो कुरा विपिन जोशीको नै बारेमा मूल छलफल भएको थियो । उहाँले पनि म प्रयास गर्छु तर अझै पनि तपाईंहरुको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन् । केही सूचनाहरु मागेका छौँ र गम्भीर भएर लागेका छौँ भन्नु भएको छ । यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो ।’
प्रतिक्रिया दिनुहोस्