
हेटौँडा । कृषि प्रयोजनको फर्जि कागज बनाएर तस्करीको लागि झापा लगिदै गरिएको २५ वटा गोरु सहितको ट्रकलाई मकवानपुर प्रहरीको हेटौँडा–१५ मा रहेको रातोमाटे प्रहरी पोष्टले भगाईदिएको घटना बाहिरिएको छ ।
तनहुँको आँबुखैरेनिबाट मकवानपुरको हेटौँडाहुँदै झापा लग्न लागिएको गोरु सहितको ट्रकलाई अबैध कागजात रहेको जानकारी हुँदाहुँदै समेत प्रहरीले भगाईदिएपछि पशुसेवा कार्यालयले सशस्त्र प्रहरीको सहयोगमा बाराको पथलैयाबाट ट्रक सहित गोरु नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता बाहिरिएको हो ।
आइतबार साँझ अबैध ढंगबाट तस्करको लागि गोरु झापा लगिदै छ भन्ने सूचना बमोजिम पशुसेवा कार्यालयले बागमती र मधेश प्रदेशको सिमामा रहेको रातोमाटे प्रहरी चौकिमा पुगेर गोरुलाई नियन्त्रणमा लिन तथा सहयोग गर्न अनुरोध गर्दागर्दै प्रहरीले मोटरसाईकल स्कर्टिङ गरेर ट्रकलाई भगाइदिएको पशुसेवा कार्यालय हेटौँडाका कार्यलय प्रमुख ब्रजेशकुमार ठाकुरले बताए । सूचना बमोजिम २५ वटा गोरु रहेको बा.प्र. ३–००१ ख १४२४ नम्बरको ट्रक आएको थाहा पाएपछि कार्यलय प्रमुख समेत रहेका ब्रजकिशोर ठाकुर अर्कोबाटो भएर मोटरसाईकलमा रातोमाटे पुग्छन् । उनि पुग्दा प्रहरीले ट्रकलाई रोकेर केहि सोधखोज गरिरकेको हुन्छन् ।
सोहि समयमा ठाकुरले प्रहरीलाई उक्त गोरुको तस्करी हुन लागेको र यो ट्रकलाई पशुसेवा कार्यालयको जिम्मामा छाडन त्यहा कार्यरत प्रहरीलाई भन्छन् । ठाकुरले रातोमाटे प्रहरी चौकि इन्चाज कुमार फुयाँलसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई ट्रकबारे जारकारी दिँदै सहयोगको लागि अनुरोध गर्दागर्दै प्रहरीले ट्रकलाई छाडिदिन्छ र त्यहाबाट ट्रक पथलैयातर्फ कुद्छ ।
आफ्नै अगाडी तस्करी हुन लागेको गोरुको ट्रक कुदेपछि उनले पथलैयामा सम्पर्क गरि आफु पनि उक्त ट्रकको पिछा गर्छन र पथलैया प्रहरीको सहयोगमा उक्त ट्रक रोकिन्छ ।
ठाकुरको आग्रहलाई वेवास्ता गर्दै प्रहरीले ट्रकलाई छाड्ने तयारी गर्दछ । ठाकुरसँग चेकपोष्टको भित्रिकक्षमा कुराकानी गरिरहँदा बाहिर ट्रक एकाएक कुद्छ । अबैध सामग्री तथा तस्करी रोक्न तैनाथ प्रहरीलेले अबैध ढंगबाट झापा हुँदै बंगालादेश तथा भुटान निर्यात गर्न लागिएको २५ वटा गोरु भएको ट्रकलाई नियन्त्रण लिन .अनुरोध गर्दागर्दै समेत बाइकमा स्कर्टिङ गरेर नाका कटाइदिए,पछि ठाकुरले पत्रकार सम्मेलनको आयोजना गरि प्रशासनको असयोगको घटना सार्वजनिक गरेका हुन् ।
जनपथ प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिएर सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोषविक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिनपरेको दुखदायी कुरा भएको उनको भनाई छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय हेटौँडालाई जिम्मा लगाएको उनले बताए । सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिएलगत्तै ट्रकका चालक र गोरु चरुवाहरू फरार भएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइएको उननको भनाई रहेको छ ।
नियन्त्रणमा लिईएको ट्रकमा तनहुका भीम राईले लक्ष्मी चौपाय सप्लायर्स मार्फत झापा लाने भनेर गलत भेटेनरी प्रमाणपत्र भेटिएको कार्यालयले जनाएको छ । भेटेरेनरी प्रमाणपत्रमा आँबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ । सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरेनरी प्रमाणपत्र जारी गरेका छन् ।
प्रतिगोटा ५ हजार रुपैँयाको खरिद बिल बनाएर लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर– १६ हेटौँडाको नाममा बिजक जारी गरिएको कागजात तयार गरेर गोरु तस्कर गर्न लागिएको पाईएको कार्यालयले जनाएको छ । ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि तीन हजार रुपैयाँ बुझाएको छ जबकी हेटौँडा उपमहानगरपालिकाले प्रति गोरु २ सय राजश्व उठाउने गरेको छ । यि सबै तथ्य प्रमाण हेर्दा र चालक तथा चरुवा फरार हुनुले गोरुलाई तस्करीको लागि लैजान लागेको प्रमाणीत भएको उनको भनाई छ ।
के भन्छ प्रहरी ?
यस घटनाबारे मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्कासंग प्रतिक्रिया लिदा उनले आफुलाई पशुसेवा कार्यालयका प्रमुख ठाकुरले फोन गरेर सहयोगको लागि अनुरोध गरेको स्विकारे । उनले भने “मलाई ठाकुर जि ले फोन गर्नुभएको थियो, उहाँको फोन आएपछि मैले तत्काल त्यहाँको प्रहरी इन्चार्जलाई सो कुरा जानकारी गराएर समन्वय गर्नकोलागि भनेको थिए, तर उनिहरु पनि अरु घटनामा बिजी भएको कारण ट्रक भागेछ, म यो विषयमा चौकिका इन्चार्ज तथा सोहि समयमा खटेका प्रहरीसँग सोदखोज गरिरहेको छु ।”
प्रतिक्रिया दिनुहोस्