हेटौंडा । मकवानपुर प्रहरीले मकवानपुरबाट लागू औषध ब्राउन सुगर र अफिम सहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा-१ झोलुङ्गे पुल नजिक बाट स-साना पुरिया बनाएर बिक्रीवितरण गर्ने अवस्थामा रहेको ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीले खैरो हिरोइन सहित मकवानपुरगढी गाउँपालिका-४ सामरीका सवि गुरुङ, सुनवल घर भएर मकवानपुरगढी-५ बस्ने सुरजकुमार पाण्डे र हेटौंडा-१ का नबराज भट्ट्राईलाई पक्राउ गरेको हो ।