हेटौंडा । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडामा भएको कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज रामेश्वर रानाले चौतारीले श्रमतर्फ आस्था जगाउन भूमिका खेल्नुपर्ने बताए ।
प्रेस चौतारीले चौतारी स्थापना गर्न अहम् भूमिका निर्वाह गर्नुपर्ने बताउँदै रानाले समाजमा तल पारिएको हरेक क्षेत्रलाई चौतारीले फ्रन्टलाईनमा ल्याउन पर्ने बताए ।
समृद्धिको अभियानमा प्रेस चौतारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनले निरशा र नकारात्मक भुमिकामा गैरहेको समाजलाई चौतारीले सहि दिशावोध गराउनेतर्फ लाग्नपर्ने बताए ।
प्रेस चौतारी मकवानपुरकि अध्यक्ष सरिता दाहालको अध्यक्षतामक भएको कार्यक्रममा एमालेका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ , एमाले जिल्ला उपसचिव आरती पाठक, प्रचार विभाग प्रमुक उज्वल चौलागाईं, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मेन्द्र दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारुमगर, जिल्ला उपाध्यक्ष ध्रुब अधिकारी, प्रेस युनियनका मकवानपुर अध्यक्ष शुवास विडारी, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उप-महासचिव सुरेश श्रेष्ठ सहितले मन्तब्य ब्यक्त गरेका थिए ।