हेटौँडा । नेकपा (माओवादी केन्द्रले) प्रदेश इन्चार्जहरू तोकेको छ। सोमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले इन्चार्जहरू तोकेको हो।
उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकले विशेष प्रदेश इन्चार्जसमेत तोकेको छ। माओवादीले अहिलेका लागि मधेस र बागमतीको इन्चार्ज फेरेको हो। अन्य प्रदेशमा यथावत् नै छन्। मधेसमा उपमहासचिव मात्रिका यादवले जिम्मेवारी पाएका छन्। यसअघि त्यहाँ सचिव लिलामिण पोखरेल इन्चार्ज थिए। यस्तै बागमतीमा हितमान शाक्यले जिम्मेवारी पाएका छन्। त्यहाँ उपाध्यक्ष अग्निप्रसाद सापकोटा इन्चार्ज थिए।

यी हुन् इन्चार्जहरू-

कोशी : हरिबोल गजुरेल

मधेश : मातृका यादव

बागमती : हितमान शाक्य

गण्डकी : दीनानाथ शर्मा

लुम्बिनी : चक्रपाणि खनाल

कर्णाली : कालीबहादुर मल्ल

सुदूरपश्चिम : गिरिराजमणि पोखरेल

विशेष प्रदेश : जयपुरी घर्ती

सार्क प्रवास : लक्ष्मण पन्त

यूरोप–अमेरिका : राम कार्की

एसिया : ओम शर्मा