

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरको अध्यक्षमा सरिता दाहाल सर्वसम्मत निर्वाचित भएकी छन् ।
प्रेस चातारी मकवानपुरको हेटौंडामा सम्पन्न ९औँ जिल्ला अधिवेशनले दाहालको नेतृत्वमा १३ सदस्सीय जिल्ला कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा शिव चौलागाईं, महिला उपाध्यक्षमा प्रतीक्षा न्यौपाने चयन भएकी छन् । सचिवमा नवीन तिमल्सिना, सहसचिवमा सुमन दाहाल र मनिल महतो चयन हुँदा कोषाध्यक्षमा अशोक बजगाईं चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा निशा गुरुङ, स्मिता अर्याल, सरोज पौडेल, सञ्जिव सुनार, सुरेश गुरुङ र विनोद सापकोटा चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्