दाङ —लागूऔषध ब्राउन सुगरसहित घोराहीमा दुई जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१३ सुनगाभा टोलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले बिहीबार बेलुका ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–३ मसुरीया घर भई हाल घोराही–१३ प्रगति टोल बस्ने २२ वर्षीय चिन्तन केसी र घोराही–१३ डुम्मर गाउँका १९ वर्षीय मनोज बुढामगर रहेका छन् । केसीको साथबाट १ सय ९० मिलिग्राम र बुढा मगरको साथबाट ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए । दुवै जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको उनले उनले जानकारी दिए ।