हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको हिउँदे अधिवेशन बैठक आह्वान गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले यही माघ १८ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसबमोजिम गत असोज १० गतेबाट वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।