

हेटौँडा, रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा शनिबार ठोस अग्रता लिएका छ । उसले रियल भालाडोलिडको चुनौती ३–० ले समाप्त पार्यो र पहिलो स्थानमा चार अंकको अग्रता लियो ।
यो जितमा केयलिन एमबापले ह्याट्रिक गरे । उनले पहिलो हाफको ३० र ५७ औं मिनेटमा गोल गरेपछि दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । रियलका लागि यो उनको पहिलो ह्याट्रिक हो ।
एमबापले यो सिजन १५ गोल गरिसकेका छन् । रियलको २१ खेलबाट ४९ अंक भएको छ भने एलेटिको म्याड्रिड समान खेलबाट ४५ अंकमा छ । एटलेटिकोले अर्को खेलमा भिल्लारियलसँग १–१ को बराबरी खेलेपछि रियललाई अझ फाइदा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्