

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनको निर्णयविपरीत चलेको, नीति र सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाएका महामन्त्री धवलशमशेर राणाको चर्को आलोचना भएको छ । राणाले लिङ्दनेका कार्यशैलीप्रति प्रश्न उठाउँदै शुक्रबारको बैठकमा १६ बुँदे सवाल उठाएका थिए । राणाको लिखित प्रतिवेदनमाथि बैठकमा छलफल भइरहेको छ ।
काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा शनिबार बोल्ने ६९ जनामध्ये अधिकांशले लिङ्देनमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै राणाको चर्को आलोचना गरेका हुन् ।
बैठकमा राणाको आलोचना गर्नेहरूमा सह–महामन्त्रीहरू धनबहादुर बुढा, प्रकाश रिमाल, झनक प्याकुरेल, सहायक महामन्त्रीहरू विजय खड्का, रमानन्द न्यौपाने, सहायक प्रवक्ता पूर्णबहादुर चन्द र कार्यसम्पादन सदस्य ठाकुरप्रसाद शर्मा छन् ।
‘कुनै बेला तपाईं आफैं एमाले हुनुहुन्थ्यो । अहिले आएर अध्यक्ष लिङ्देनको निष्ठामा शंका गर्ने ?’ उनको प्रश्न थियो, ‘तपाईंले एमाले गठबन्धनबाट चुनाव जितेको होइन ? तपाईंले विधि र पद्धति बाहिरबाट आएको प्रतिवेदन फिर्ता लिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्