काठमाडौं  । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

आगामी मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।