हेटौंडा । मकवानपुरको हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
माघ १३ बाट १९ गतेसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका महिला १२ तथा पुरुष १२ गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले बताए ।
कार्यक्रममा मकवानपुर सहित झापा,काठमाडौ,दोलखा, रौतहट,भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुमपुर्वका खेलाडीहरु सहभागिता जनाउने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र उक्त सहभागीताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोश्रो हुनेले नगद १५ हजार तथा तेश्रो हुनेले नगद १५ हजार प्राप्त गर्नेछन् ।
हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।