

हेटौंडा ।
मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ ।
हेटौंडा -९ मा भएको घटनामा ८ वर्षका नाबालिका बलात्कारको आरोपमा एकजना पुर्व शिक्षकलाई पक्राउ गरिएको हो ।
नावालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस्