

हेटौंडा । सहिद दिवसको अवसरमा हेटौंडा-११ मा रहेको सहिद स्मारक विकास समितिले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि समितिले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको हो ।
कार्यक्रम सार्वजनिक गर्दै समितिका सचिव रघुनाथ खुलालले माघ १० गते स्मारक परिषरमा झण्डात्तालोन गरेर कार्यक्रमको शुभारम्भ गरिसकिएको बताए ।
कार्यक्रम अन्तरगत शुक्रबार पत्रकार सम्मेलन तथा नव निर्वाचित पत्रकार महसंघ बागमती प्रदेश र मकवानपुरका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको छ ।
१२ गते सहिद स्मारक परिषरमा सरसफाइ, १३ गते रक्तदान कार्यक्रम, १४ गते प्रथम सहिद लखन थापा बाटिकामा श्रद्धाञ्जली कार्यक्रम, १५ गते नगरको बालक्लब स्तरीय `लोकतन्त्र प्राप्तीका लागि राजनितिक दलको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता र शिक्षक दौड प्रतियोगिता, महिला शिक्षकको स्लो स्कुटर प्रतियोगिता र अन्तिम दिन वागमती प्रदेश सरकारको समन्वयमा विहान प्रभातफेरी स्मारक गेटबाट सहिद प्रति सलामी , पुष्पार्पण श्रद्धान्जली सभा, सम्मान कार्यक्रम तथा समापन कार्यक्रम रहेको खुलालले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले समितिले सहिद सप्ताहलाई प्रत्येक वर्ष विषेश पर्वको रुपमा मनाउने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्