हेटौँडा । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च। ९२७ नंको कार र बा५० प ७४१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो ।