

पाल्पा : प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार पाल्पा आउँदै छन्। उनी बिहान ११ बजे यहाँ आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले बताए।
प्रधानमन्त्री ओलीले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्डमा पर्ने सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्ग‘ब्रेक थ्रु’ गर्नेछन्।
सुरुङ मार्ग एक हजार १२६ मिटर लामो छ। ब्रेक थ्रु गर्न एक मिटर राखिएको छ। रिमोटको सहायताले प्रधानमन्त्रीले बाँकी रहेको भाग ‘ब्लाष्ट’ गरेर ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए।
२०७८ फागुनमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।पाँच वर्षमा निर्माण कार्य सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको थियो। कम्पनीले २०७९ सालको अन्तिमबाट सुरुङ खन्न शुरु गरेको थियो।
सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँ लागतमा निर्माण भएको हो। सुरुङको सबै काम आगामी २०८३ चैत मसान्तसम्म सम्पन्न हुने अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस्