

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा एकजना पुरुषको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ स्थित लामसुरेको हेटौंडा सिमेन्ट रोडको नालामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शव हेटौंडा-१३ का मिनबहादुर बलको रहेको प्रहरीले जनाएको छ ।शवको पोष्टमार्टमको लागि हेटौंडा अस्पताल लगिएको र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्