हेटौँडा । राप्रपा नेपाल मकवानपुर संगठन सुदृढिकरण अभियान अन्र्तगत जिल्लाको विभिन्न अधिवेशन गर्नको लागि जिम्मेवारी तोकेको छ । राप्रपा नेपालको जिल्ला समितिको बैठकले अधिवेशन सम्पन्न गर्नको लागि जिम्मेवारी वाँडफाँड गरेको छ ।
बैठकले थाहा नगरमा राधाकृष्ण बिष्ट, बागमती गाउपालिकामा दिलबहादुर बल, मकवानपुरगढीमा रमेशप्रसाद चौलागाईं, मनहरी गाउपलिकामा शान्ति बुलुनलाई अधिबेशन सम्पन्न गर्ने संयोजकको जिम्मेवारी तोकेको छ ।
राप्रपा नेपालले मकवानपुरमा आक्रमक ढंगबाट सदस्यता वितरण, गाउँदेखि टोल–टोलसम्म समिति निर्माणको कामलाई व्यवस्थित गर्ने निर्णय समेत गरेको राप्रपा नेपाल मकवानपुरका सचिव भृगु कार्कीले बताए ।