
हेटौँडा । मकवानपुर प्रहरीले ठुलो परिणामको गाँजा सहित एउटा पिकअप गाडी बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर–५ चैनपुरमा प्रहरीले ठुलो परिणामको गाँजा बरामद गरेको हो ।
कैलाश तर्फबाट मनहरी तर्फ आउँदै गरेको बा १० च ७७५८ नम्वरको बोलेरो पिक गाडी प्रहरीलाई देख्नासाथ गाडी चालक तथा अर्का १ जना व्यक्ति सडकमा गाडी छोडी भागी फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले तत्कालै स्थानीय मानिसहरुको रोहवरमा खानतलासी गर्दा उक्त गाडीको पछाडी ढालाको भागमा लुकाई छिपाई गरी ल्याईएको अवस्थामा गाँजा २१२ किलो फेला परेको हुँदा उक्त गाँजा र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस्