

एजेन्सी, करणवीर मेहरा भारतीय टिभी रियालिटी शो बिग बोसको १८औं संस्करणको विजेता बनेका छन्।
दर्शकको भोटका आधारमा कार्यक्रम प्रस्तोता सलमान खानले करणवीरलाई विजेता घोषित गरेका हुन्। विवियन डिसेना र रजत दलाललाई हराउँदै करणवीरले उपाधि जितेका हुन्।
यो संस्करणको बिग बोसको पहिलो रनरअप डिसेना तथा दोस्रो रनरअप रजत दलाल बने। करणवीरले ट्रफिसहित ५० लाख पाए।
प्रतिक्रिया दिनुहोस्