हेटौंडा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एकदूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।