हेटौँडा । मकवानपुर प्रहरीले अवैध एक सय ११ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा-१५ राटोमाटे चेकपोईन्टमा जाँच गर्दा हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नं. को पिकअपमा एक सय ११ किलो गाँजा बरामद गरेको छ ।

प्रहरीले गाँजा सहित सो गाडीका चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका-२ डाँडाखर्क बस्ने वर्ष ३४ को रावल स्याङ्वोलाई पक्राउ गरेको छ ।