

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ ।
अब ग्राहकहरुले ७५ एमबीपीएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरी अफर सार्वजानिक गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकहरुको तीव्र मागलाई मध्यनजर गर्दै १२ मा १२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबीपीएसमा इन्टरनेट आइपी टीभी प्रतिमहिना ४३५ रुपैयाँमा र प्रतिमहिना मात्र २५० रुपैयाँमा टीभी च्यानलको पर्न आउनेछ । साथै, राउटर र सेटटप टप बक्ससमेत निशुल्क पाउने कम्पनीले बताएको छ ।
यो अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनिको भनाइ छ । थप जानकारीको लागि सम्पर्क नम्बर ९८०१००६६३३ मा कल गर्न सकिने अथवा कम्पनीको वेबसाइट www.classic.com.np मा लगइन गरी जानकारी प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्