काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरू भएको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा थुनछेक बहस सुरू भएको हो । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस सकेपछि लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्नेछन् । हिजो थुनछेक नभ्याइएकाले रविलाई प्रहरीको जिम्मा लगाएर हिरासत पठाइएको थियो ।