हेटौंडा । स्पेनी सुपरकप अन्तरगत एल क्लासिको फाइनलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-२ ले पराजित गरेको छ ।
साउदी अरबमा भएको फाइनल खेलमा बार्सालाई उपाधी जिताउने क्रममा ब्राजिलियन स्टार राफिन्हा एक्लैले दुई गोल गर्दा यमल,लेवान्डोस्की र बाल्डेले समान एक-एक गोल गरे ।

रियलको तर्फबाट एम्बाप्पे र रोड्रीगोले एक-एक गोल गरेका थिए । अहिलेसम्म स्पेनी सुपर कपमा रियल र बार्सिलोना तीन पटक आमनेसामने भएका छ्न । जसमा रियलले एक पटक उपाधी जित्दा बार्सिलोनाले दुई पटक उपाधी जितेको छ । गत वर्षको फाइनलमा रियलले बार्सिलोनालाई ४-१ ले पराजित गरेको थियो ।