

हेटौंडा । लयमा रहेको एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा आइतबार एक अंकको अग्रता लिएको छ । उसले ओसासुनालाई १–० ले पराजित गर्दै लिगको आधा यात्रा पूरा गर्दा अगाडि रहेको हो । एटलेटिकोको यो सबै खाले प्रतियोगितामा गरेर लगातार १४ औं जित हो ।
डिएगो सिमोनीको एटलेटिकोपछि रियल म्याड्रिड रहेका छ । उसलाई बार्सिलोनामाथि छ अंकको अग्रता पनि प्राप्त भएको छ । एटलेटिको ४४, छिमेकी रियल ४३ र बार्सिलोना ३८ अंकमा शीर्ष तीन स्थानमा छन् ।
लिगमा लगातार आठौं जित निकाल्ने क्रममा एटलेटिकोका लागि जुलियन एल्भारेजले ५५ औं मिनेटमा निर्णायक गोल गरे । एटलेटिकोले यी जितमध्ये पाँच खेलमा क्लिन सिट पनि राखेको छ ।
प्रतिक्रिया दिनुहोस्