हेटौंडा । अबैध लागू औषध गाँजा सहित मकवानपुरको हेटौंडाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौंडा-१५ मा रहेको रातमाटे प्रहरी चेक चितवनतर्फबाट बिरगंजतर्फ जादै गरेको भारतिय नंबर प्लेट भएको डिएल १३ सि १५६१ को कारलाई रोकी जाँच गर्दा  कारमा १ सय १ किलो औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले कार तथा कार चालक बिरगंज महानगरपालिका वडा नम्बर २६ का राजन रारुतलाई पक्राउ गरि आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।