हेटौँडा । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालको सरुवा भएको छ । सरकारले उनलाई युवा तथा खेलकुद मन्त्रालयका सचिवको जिम्मेवारी दिएको छ । लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएर आउने भएका छन् । सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको एकै पटक सरुवा गरेको हो ।
सरुवा सूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सविचमा सरुवा भएको छ भने मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयकमा सरुवा भएको छ ।

महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत सचिव बिनोदप्रकाश सिंहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको सिंह कार्यरत रहेको कार्यालयमा सरुवा भएको छ ।