हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरले प्रमोदसिंह रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यो पटक विधान परिवर्तन पछि सबै पदाधिकारीहरु प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गरिए अनुसार एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, चार सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष गरि १२ जना पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत निर्वाचन प्रक्रिया अघि बढ्यो । जसमा उद्योग र एसोसियट तर्फ दुई सचीव निर्विरोध निर्वाचित भए भने अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्षको निर्वाचन भयो ।
यो पटक संघले महिला उद्योगीलाई महासचिव पदमा निर्वाचित गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिलाले निर्वाचन जितेर महासचिव पद प्राप्त गरेको छ । उनी हुन प्रतिमा श्रेष्ठ । शनिबार सम्पन्न निर्वाचनमा श्रेष्ठले १ हजार १२ मत प्राप्त गर्दै विजयी बनिन् । उनले महासचिवका अर्का प्रत्यासी विकेशलाल श्रेष्ठलाई पराजित गर्दै इतिहास रचेकी हुन्। विकेशलालले ७ सय १३ मत ल्याए ।