हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-६ मा भएको स्कर्पियो र कार दुर्घटनामा मकवानपुरले करातेका एकजना पुर्व राष्ट्रिय खेलाडी तथा हालका प्रशिक्षकलाई गुमाएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा बिरगंज बाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवन  बाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटौंडा-४ का कराते प्रशिक्षक सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको हो ।