हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा स्कर्पियो र कार एक आपसमा ठोक्किदा भएको दुर्घटनमा मृत्यु हुनेहरुको सङ्ख्या दुई पुगेको छ ।
मनहरी गाउँपालिका वडा नम्बर ६ डिपार्ट स्थित पुर्ब पश्चिम सडकखण्मा बिरगंज बाट चितवन तर्फ जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नं.को स्कारपियो र चितवन बाट हेटौडा तर्फ आउदै गरेको बा १६ च ८३२४ नं.को कार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा कार चालक हेटौंडा-४ का सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको थियो ।
घाइते १३ मध्य चितवन राप्ती नगरपालिका वडा नम्बर २ कि सुनिता श्रेष्ठको उपचारको क्रममा चितवन नयाँ मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्