हेटौंडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी चैत्र महिनाभित्र लामो समयबाट बिबादास्पद रहेको हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको समस्या समाधान हुने बताएकी छिन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको छैठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मेयर लामाले लामो समयदेखि बिबादास्पद रहेको समस्या समाधानको लागि अन्तिम प्रयास भैरहेको जानकारी दिइन ।
एसियन हाइवेअन्तर्गत रहेको हेटौँडा बजार क्षेत्रको सडक फराकिलो गर्ने काम अन्तिम चरणमा रहेकोले यो समस्या चाडै हल हुने क्रममा रहेको उनको भनाई छ ।
यो विषयले गर्दा आम नागरिक र व्यवसायी अन्योलमा रहेको बताउदै मेयर लामाले एसियाली विकास बैंकले हेटौँडा बजार क्षेत्रको सडक निर्माणको विषयमा अध्ययन गरिरहेको र उक्त अध्ययनको प्रतिवेदन सरकारलाई बुझाउने तयारी रहेको बताइन ।
आफू २५ मिटर क्षेत्रका नागरिक र व्यवसायीलाई अन्याय नहुने गरि विस्तारको काम गर्नुपर्ने पक्षमा रहेको भन्दै मेयर लामाले जग्गाको मुआब्जा नदिए पनि क्षति भएको भौतिक संरचनाको क्षतिपूर्ति दिएर २५ मिटर सडक निर्माण गर्न उपमहानगरपालिकाले लबिङ गरिरहेको जानकारी दिइन ।
प्रतिक्रिया दिनुहोस्