![](https://www.khabarbreak.com/wp-content/uploads/2025/01/game1-0912025013909-1000x0-1.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2025/01/game1-0912025013909-1000x0-1.jpg)
काठमाडौँ — युवा खेलाडी गाभी र लामिन यामलको गोलको मद्धतले बार्सिलोनाले बुधबार एथलेटिको बिलबाओलाई २-० ले पराजित गर्दै स्पेनी सुपरकपको फाइनल यात्रा तय गरेको छ ।
साउदी अरेबियाको जेद्दामा भएको सेमिफाइनलमा गाभीले १७ औं मिनेटमा गोलको खाता खोले । किशोर स्टार यामलले दोस्रो हाफमा अर्को गोल थपे ।
‘फाइनल पुग्न सफल भएकोमा खुसी छौं, किनभने बिलबाओ बलियो प्रतिद्वन्द्वी हो,’ यामलले खेलपछि प्रतिक्रिया दिएका छन्, ‘हाम्रा उद्देश्य उपाधि जित्ने नै रहेको छ ।’
बार्सिलोनाले स्पेनी ला लिगा उप विजेताका रूपमा यो खेल खेलेको हो । बिलबाओ भने कोपा डेल रे विजेता हो । अब अर्को सेमिफाइनलमा स्पेनी तथा युरोपेली च्याम्पियन रियल म्याड्रिडले रियल मार्लोकाको सामना गर्नेछ । पछिल्ला केही वर्षयता यो प्रतियोगिता साउदी अरेबियामा आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्