सल्यान । सल्यानमा दिदीबहिनी मृत फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालतकी ३ वर्षीय करिष्मा राना र उनकी ६ महिनाकी बहिनी राघवी राना घरमै मृत फेला परेका हुन् ।

उनीहरुका बाबु टेकमान राना रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेको र आमा पुर्णिमा राना घरमै भएपनि घटनाबारे खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धानपछि मात्रै थप कुरा खुल्ने बताइएको छ ।