हेटौँडा, मकवानपुर उद्योग वाणिजय संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले आफ्नो प्यानल घोषणा गर्दै प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार साँझ व्यवसायीहरुको भेलामा उनले आफ्नो उम्मेदवार घोषणासँगै सिंगो प्यानल समेत सार्वजनिक गरेका हुन् । घोषणा कार्यक्रममा अग्रवालले आफ्नो प्रतिवद्धतापत्र पनि सार्वजनिक गरे ।

उनले गरेको प्रतिवद्धतापत्रमा भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माण गर्न पहल गर्ने, इन्द्रसरोवरलाई नैनीतालको रूपमा विकास गर्ने, र मकवानपुरको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने देखि अटो ल्यान्ड स्थापनाका लागि पहल गर्ने सम्मका योजनाहरु रहेको छ ।
अनिल अग्रवालको नेतृत्वको प्यानलमा महासचिवका रूपमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षका रूपमा तेजराज अधिकारी, र सह(कोषाध्यक्षका रूपमा राधिका सामरी पाण्डे रहेका छन्। वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली, र सदस्यहरूमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई, तथा महिला आरक्षणतर्फ निलम पाण्डे रहेका छन्।

एशोसियटतर्फ विष्णु खनाल उपाध्यक्षका रूपमा उम्मेदवार बनेका छन्। उद्योगतर्फ उपाध्यक्षका रूपमा रवीन्द्र प्रसाद घिमिरे, सदस्यहरूमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, र महिला आरक्षणतर्फ मेनका श्रेष्ठ छन्। वस्तुगततर्फ काव्यमणि अधिकारी उपाध्यक्ष, नेत्रप्रसाद खतिवडा सचिव, र शम्भु पुडासैनी सदस्य रहेका छन्।