हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडामा लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर)सहित एकजना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० स्थायी ठेगाना भई हाल हेटौंडा–१० न्युरेनी बस्ने २९ वर्षीय विवेक वाईबा रहेका छन् ।
पक्राउ परेका वाईबाको साथबाट प्रहरीले ३ ग्राम ९ सय १० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।