हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाटले आफ्नो टिम र प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आइतबार साँझ हेटौंडामा व्यवसायीहरुबीच एक कार्यक्रमको आयोजना गर्दै रानाभाटले आफ्नो टिम सार्वजनिक गरेका हुन् ।
उनले आफू व्यवसायीहरूको हकहित, संरक्षण, उद्यमशीलताको प्रवर्द्धन, र जिल्लाको व्यापारिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित संघको नेतृत्वका लागि अघि बढेको बताए ।
रानाभाटले आफूलाई अध्यक्ष पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा संघलाई अझ प्रभावकारी बनाउने योजना प्रस्तुत गरे । उनले आफ्नो उम्मेदवारी व्यवसायीहरूको साझा आवाज बुलन्द बनाउन र संघलाई अझ सशक्त बनाउन रहेको दाबी गरे ।
रानाभाटको टिममा महासचिव पदमा प्रतिमा श्रेष्ठको उम्मेदवारी छ । कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ) र सहकोषाध्यक्षमा निलम वैद्य रहेकी छन् ।
यसैगरी, रानाभाटको टिमबाट वाणिज्यतर्फको उपाध्यक्षमा रामप्रसाद न्यौपाने रहेका छन् भने वाणिज्यतर्फको सचिवमा कुलप्रसाद चौलागाई छन् । वाणिज्यतर्फको सदस्य उम्मेदवारहरुमा राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), र महिला आरक्षणतर्फ निलम बजगाई देवकोटा छन् ।
उद्योगतर्फ दीपक उप्रेती उपाध्यक्ष पदका उम्मेदवार हुन् । रुपकराज दहाल सचिव र जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, र महिला आरक्षणतर्फ सीतादेवी भेटवाल सदस्यमा उम्मेदवार छन् ।
यसैगरी, रानाभाटको टिमबाट एशोसियटतर्फ उज्जवल चौलागाई उपाध्यक्ष र माधव ज्ञवाली सचिव पदमा उम्मेदवार छन् । उनीहरूको टिममा अंकिता सुमार्गी, नवराज खतिवडा, र सुकृत पराजुली सदस्य पदका उम्मेदवार छन् ।
त्यस्तै, वस्तुगततर्फ प्रदीप अर्याल उपाध्यक्ष पदका उम्मेदवार छन् भने राजाराम कार्की सचिव र कृष्ण अर्याल सदस्य पदका लागि टिममा सामेल भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५८औं वार्षिक साधारणसभा तथा निर्वाचन यही पुस २४ देखि २७ गतेसम्म हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्