हेटौँडा ।
बार्सिलोना स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलानोले घरेलु टोली बार्बास्ट्रोलाई ४–० ले हराएको हो । बार्बास्ट्रो स्पेनको चौथो श्रेणीको क्लब हो ।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्कीले दुई तथा एरिक गार्सिया र फाविओ टोरेले समान एक गोल गरेका थिए । कमजोर टोलीविरुद्ध बार्सिलोनाले दुबै हाफमा समान दुई गोल गरेको हो ।

नयाँ वर्षको पहिलो खेलमै जित निकालेपछि बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिक खुसी देखिए । ‘नयाँ वर्षमा राम्रो सुरुआत भएको छ । यसलाई निरन्तरता दिन चाहन्छौं ।’

राति नै भएको खेलमा एट्लेटिको मड्रिडले मार्बेलालाई १–० ले हराएको छ ।