हेटौंडा । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले १ दिने समुदाय स्तरीय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको समन्वयमा हेटौंडा-१ र २ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यको सहभागितामा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं टोल विकास संस्था नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सचिब चन्द्रावती पनेरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना तथा अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा १ र २ नं वडाका ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्