हेटौंडा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बकैया गाउँपालिका अध्यक्षमा छवि राई निर्वाचित भएका छन् ।
सङ्गठनको तेश्रो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दिपक दुलाल र तिलकुमारी गुरुङ चयन भएका छ्न । सचिवमा हिरालाल जिम्बा, सह-सचिवमा बालकुमार दाहाल, कोषाध्यक्षमा मधुसुदन हुमगाईँ तथा सहकाेषाध्यक्षमा नानीमैयाँ बजगाईँ चयन भएका छन् ।
सङ्गठनको खुल्ला सदस्यहरूमा देव लामा, पवनसिँ घलान, प्रकाश थापामगर, राजकुमार तिमल्सिना , लाेकेन्द्र घलान, विद्या भण्डारी, हरिशरण न्याैपाने, महिला सदस्यहरूमा भवानी तिमल्सिना न्याैपाने, प्रमिला तिमल्सिना, सुनिता भाेम्जन, सविना ढकाल चयन भएका छन् ।
प्रतिक्रिया दिनुहोस्