मेष: दिन राम्रो छ। दैनिक काम सहजै सम्पन्न हुनेछन्। स्वास्थ्यले साथ दिनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। राज्यका महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृष: खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या हुनेछ। दाजुभाइसँग सहकार्य गर्दा फाइदा हुनेछ। चिसोबाट बच्ने प्रयास गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन: अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। बोल्नु अघि सोच विचार गर्नुहोस्। परिवारसँग रमाइलो गर्ने योजना बन्नेछ। साथीभाइसँगको संगत फलदायी हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ।

कर्कट: बोली र व्यवहारमा एकरूपता नहुँदा समस्या आउन सक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। विपक्षी सक्रिय रहेकाले बाधा सामना गर्नुपर्ला। सुझबुझले मात्र सफलता मिल्नेछ। पश्चिमतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह: शिक्षामा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। वैदेशिक लगानी लाभदायक हुनेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ।

कन्या: दिन सामान्य रहनेछ। स्वास्थ्यप्रति बेवास्ता गर्दा समस्या हुन सक्छ। चिसोबाट सचेत हुनुहोस्। यात्राको योजना स्थगित गर्नु उचित हुनेछ। परिवारबाट धोका हुन सक्ने सम्भावना छ।

तुला: दाजुभाइसँगको सहकार्य सफल हुनेछ। शिक्षामा लगानी फाइदाजनक बन्नेछ। विपक्षीले प्रशंसा गर्नेछन्। आफन्तलाई खुशी पार्न समस्या हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्ने सम्भावना छ।

वृश्चिक: दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। सानो कुराले मनमा खटपटी बढ्न सक्छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। परिवारको साथ पाइनेछ।

धनु: दिन राम्रो छ। रोगमुक्ति हुनेछ। उपचार प्रक्रियामा सुधार हुनेछ। परिवारबाट धोका हुन सक्ने भएकाले सतर्क रहनुहोस्। प्रेम सम्बन्धमा खटपटी बढ्न सक्छ।

मकर: दैनिक काम सजिलै बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको सहायताले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी हुन सक्छ।

कुम्भ: बोलीमा सरस्वतीको बास रहनेछ। परोपकारी कार्यमा सक्रिय हुनु लाभदायक हुनेछ। गुरुबाट असहयोग हुँदा मन दुःखी हुन सक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठगीबाट बच्नुहोस्।

मीन: दिन सामान्य छ। दैनिक काम सहज भए पनि बौद्धिक क्षेत्रमा असहयोग मिल्नेछ। गोपनीयता भंग नगर्नुहोस्। प्रेम सम्बन्धमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा लगानी गरे फाइदा हुनेछ।