काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले नयाँ पार्टी घोषणा गरेनन् ।

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरेका उनले नयाँ पार्टी घोषणा गर्ने अनुमान गरिएको थियो । तर, उनले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने उद्घोष गरेका छन् ।

पार्टी खोल्न तपाईं डराउनु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ”डराएको होइन । अहिलेको मातृभूमि जागरण अभियान भविष्यको देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणको आधार हुनेछ ।”